करेन्ट र लाली चाउचाउ “गुणस्तरहीन” : बजारबाट फिर्ता गर्न विभागको आदेश

“गुणस्तरहीन” पाइए पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामवाला करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउलाई तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । यी दुवै खाद्य पदार्थमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरुप एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको विभागले जनाएको छ । त्यस्तै एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि […]
आज अमेरिकी डलरले निरन्तर उच्च मूल्यको रेकर्ड बनाउँदा अस्ट्रेलियन डलर र युरो सस्तियो

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य आज पनि बढेर अहिलेसम्मकै महँगो बनेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, अस्ट्रेलियन डलरसहितका मुद्रा भने सस्तिएका छन्। तर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य भने आज पनि बढेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर […]
आज सुनको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार रुपैयाँले घटेको हो । महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार […]
हर्क साम्पाङलाई शाहीले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कारण छैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको राजीनामा माग नगर्न अपिल गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै ठोस कारण नभएको स्पष्ट पारेका हुन्। यो पनि प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले […]
ट्रम्प बेइजिङमा रहँदा ताइवान नजिक चिनियाँ युद्धक विमानको गतिविधि रोकियो

ताइवान वरपर चिनियाँ युद्धक विमान दिनहुँ उड्नु सामान्यजस्तै भइसकेको छ । हरेक दिन धेरथोर विमानहरू ताइवान नजिक उडिरहेको देख्न सकिन्छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण सुरु गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्त्वपूर्ण वार्ता गरिरहेका बेला ताइवान आसपास चिनियाँ युद्धक विमानको गतिविधि रोकिएको छ । ताइवानको रक्षा मन्त्रालयका अनुसार शुक्रबारसम्मको पछिल्लो २४ […]
१३ आयोजनालाई सरकारले दियो ८ अर्ब २५ करोडकाे सामानमा कर छुट, कसले कति पाए ?

सरकारले १३ वटा आयोजनाका लागि कर छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी विभिन्न विकास आयोजना र निर्माण कार्यका लागि पैठारी (आयात) हुने मालवस्तुहरूमा कर छुट दिइएको छ। धेरैजसो आयोजनाहरूमा आयात हुने सामानमा १ प्रतिशत मात्र भन्सार महसुल लिई बाँकी सम्पूर्ण दस्तुर, शुल्क र कर छुट दिइएको छ भने […]
यौनजन्य हिंसाका घटना न्यूनीकरणमा चुनौती

महोत्तरी जिल्लामा महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाका घटना नियन्त्रणमा चुनौती देखिएको छ । यस्ता घटनाका सम्बन्धमा प्रहरी प्रशासनसमक्ष उजुरी आउने क्रम बर्सेनि उस्तै रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चालु आर्थिक वर्ष (२०८१/०८२) को चैत मसान्तसम्म जबरजस्ती करणीका २८ मुद्दा दर्ता भएका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका ९ मुद्दा […]
विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

सरकारी खरिद प्रतिस्पर्धामा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा पक्राउ परेका विक्रम पाण्डे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ । जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश चुरामन खड्का को इजलासले कर्मचारी र निर्माण व्यवसायीसहित २२ जनाविरुद्ध दायर मुद्दामा १२ जनालाई धरौटीमा रिहा तथा १० जनालाई पुर्पक्षका लागि […]
बागमती प्रदेशकाे हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन जेठ १ गते राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र प्रशासनिक व्यवस्थापनलाई ध्यानमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । बैठकले […]
पूर्वगृहमन्त्री गुरुङ प्रकरण छानबिन गर्न समिति गठन

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन् । समितिलाई गुरुङसम्बन्धी उठेका विषयमा सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र […]