रेशम चौधरीको उम्मेदवारी खारेजीका यी हुन् तीन कानुनी आधार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको मनोनयन बिहीबार खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालय कैलाली–१ का अनुसार, प्रचलित निर्वाचन कानुन र निर्देशिकाले तोकेको मापदण्ड पूरा नभएको भन्दै चौधरीको उम्मेदवारी खारेज गरिएको हो । रेशम […]
काठमाडौँमा प्रलोपाको निर्वाचन परिचालन सम्बन्धी कार्यक्रम सम्पन्न

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले काठमाडौँमा निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेता जनार्दन शर्मा,सन्तोष परियार लगायतको सहभागितामा बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो । काठमाडौँ क्षेत्र नम्बर ९ मा प्रलोपाका राजु रोक्का उम्मेदवार छन् । सञ्जय देव महर्जनको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन […]
राप्रपाका उम्मेदवार भण्डारीसँग आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौँ–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र भण्डारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता, २०८२ उल्लंघन गर्दै लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायविरुद्ध घृणित अभिव्यक्ति दिएको आरोपमा उजुरी परेपछि आयोगले कारबाही प्रक्रिया अघि बढाएको हो। आयोगले श्रव्यदृश्य सामग्रीसमेत प्राप्त भएकाले तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको छ।
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड

समाजको आर्थिक पक्षमा मात्रै नभई सामाजिक पक्षमा समेत महत्त्वपुर्ण योगदान पुर्याउँदै आएको वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बिहीबार आयोजना गरेको “वैदेशिक रोजगारको भाष्य विनिर्माण” कार्यक्रमका वक्ताहरुले वैदेशिक रोजगारको सकारात्मक पक्षबारे आफ्ना धारणा राखेका थिए । उक्त कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मीलगायतको उपस्थिति थियो । […]
अमेरिका र डेनमार्कबिच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता हुने
अमेरिका र डेनमार्कबिच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबिच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ । स्रोतले भनेको छ, “युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रीनल्याण्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन।” “सन् १९५१ को […]
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययन तथा छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको कार्यअवधि पुनः विस्तार गरेको छ। बिहीबार (आज) बसेकोन्न मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको आयोगलाई थप २० दिन समय दिने निर्णय गरेको हो। सरकारका एक मन्त्रीका अनुसार आयोगलाई तोकिएको कार्य सम्पन्न गर्न थप समय आवश्यक भएकाले म्याद बढाइएको हो। […]
कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो । मकवानपुरको भिमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा उनीहरूलाई स्थानान्तरण गरिएको हो । । कारागारमा रहेका कैदीलाई चापअनुसार स्थानान्तरण गरिँदै आइएको कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी […]
, हजारौं उपग्रह प्रक्षेपण गर्दै जेफ बेजोसको ब्लु ओरिजिन
अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिनले अन्तरिक्षमा हजारौं उपग्रह तैनाथ गर्ने योजना सार्वजनिक गरेको छ । एलन मस्कको कम्पनी स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित ब्लु ओरिजिनले ५ हजार ४०८ उपग्रह प्रक्षेपण गर्ने तयारी गरेको हो । बुधबार सार्वजनिक गरिएको ‘टेरावेभ’ नामक सञ्चार सञ्जाल २०२७ को अन्तिम त्रैमासदेखि चरणबद्ध रूपमा तैनाथ गर्न सुरु […]
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने नियमित कार्यसूचीका प्रस्तावहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको बताइएको छ। स्रोतका अनुसार आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचन प्रक्रियामा केन्द्रित भएको वर्तमान अवस्थाबारे समेत विचार-विमर्श हुने सम्भावना छ। चुनावी सरकारका चार जना मन्त्रीले पदबाट अलग भई निर्वाचन अभियानमा […]
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने बताए […]