हामीले काम गर्न सकेनौं भने डाँडा कटाइदिनुस्: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाँच वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसके आगामी निर्वाचनमा डाँडा कटाइदिन आग्रह गरेका छन्। आइतबार नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले काम गर्न नसके आफ्नै कार्यकर्तालाई पार्टीको सदस्यता च्यात्न समेत खुला आह्वान गरे। कांग्रेसको ऐतिहासिक मञ्चबाट सम्बोधन गर्दै सभापति लामिछानेले बीपी कोइरालाका […]
भारत–नेपाल सीमामा २४ बोरा चकलेटसहित ६ नेपाली पक्राउ
भारत–नेपाल सीमामा तस्करीविरुद्धको कारबाहीका क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले २४ बोरा चकलेटसहित ६ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ। बारा जिल्लासंग नाका जोडिएको सीमावर्ती भारतको नायकटोला गाउँ नजिक शनिबार साँझ एसएसबीको ७१औँ वाहिनीअन्तर्गत ई–कम्पनी बीओपी नायकटोलाको टोलीले विशेष सूचनाका आधारमा कारबाही गरेको हो। एसएसबीका अनुसार नेपालतर्फबाट साइकलमा सामान लोड गरी भारततर्फ प्रवेश गरेर पुनः […]
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन्। जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ। त्यहाँका ५८ घर पहिरोको जोखिममा छन्। जलजलाका १७१ परिवार विस्थापित […]
असोज ३० देखि कात्तिक १-२ गतेसम्म मौसम बिग्रिन सक्छ : मौसमविद् पोखरेल
विनोद पोखरेलले हालको मौसमी संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ गतेसम्म मौसम बिग्रिन सक्ने बताएका छन्। यो प्रारम्भिक पूर्वानुमान भएकाले आगामी दिनमा परिवर्तन हुने सम्भावना धेरै रहेको उनले बताए।। त्यसैले अहिलेको पूर्वानुमानलाई सम्भावित मौसमी अवस्थाका रूपमा लिनुपर्ने उनको भनाइ छ। ‘यो पूर्वानुमान परिवर्तन हुने सम्भावना धेरै छ। तर हालको संकेतअनुसार असोज ३० देखि कात्तिक १–२ […]
कांग्रेस महाधिवेशनमा शेखर नजाने
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सहभागी नहुने भएका छन्। उनी पार्टी मिलाउने भन्दै लामो समयदेखि मझधारमा उभिँदै आएका छन्। केही समयदेखि नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन्। उनीसहित उनीनिकटका नेताहरू पार्टी एकताका पक्षमा […]
विदेशी नागरिकलाई तत्काल किभ छोड्न रूसको चेतावनी
रूसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ। साथै, किभका स्थानीय बासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रूसले सल्लाह दिएको हो। रूसी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा रूसले किभसहित अन्य युक्रेनी सहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ। […]
दुई महिनामै ४५९ विपद्का घटना : ९२ जनाले ज्यान गुमाए, करेन्ट लागेर धेरै
मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन्। ती घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार चालु आवको साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ […]
बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत
। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई आज विदुरमा नगद राहत उपलब्ध गराइएको छ । नुवाकोटलाई जन्मथलो बनाइ राष्ट्रसेवामा कार्यरत कर्मचारीहरूको साझा संस्था राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहतस्वरूप जनही रु २५ हजारका दरले नगद सहयोग उपलब्ध गराएको हो । समाजका अध्यक्ष उदयबहादुर रानामगरका […]
बाढीले मध्य कालीगण्डकी सहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

गत हप्ताको बाढी पहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । दुई सय ६६ मेगावाट क्षमताका तीन वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका आठ वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणाली बाहिर भएका छन् । हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी […]
ममता काफ्ले प्रकरण : सोमबारदेखि सुनुवाइ सुरु हुँदै, अदालतभित्र क्यामेरा लैजान अनुमति
अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्ट बेपत्ता भएको घटनासँग सम्बन्धित मुद्दाको सुनुवाइ सोमबारदेखि सुरु हुँदैछ। स्थानीय सञ्चारमाध्यमका अनुसार करिब सात हप्तासम्म चल्ने अनुमान गरिएको मुद्दामा निर्णायक मण्डल छनोट पनि सोमबारदेखि सुरु हुनेछ। प्रिन्स विलियम काउन्टीकी न्यायाधीश किम्बर्ली इरभिङले सञ्चारमाध्यमलाई अदालतभित्र क्यामेरा राखेर सुनुवाइ रेकर्ड गर्न अनुमति दिएकी छन्। तर मुद्दाको प्रत्यक्ष प्रसारण गर्न भने रोक लगाइएको […]