औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिनुभएको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा मन्त्री भण्डारीले यस्तो निर्देशन गर्नुभएको हो । मन्त्री भण्डारीले अहिलेकै जसरी अब पनि संस्था चल्ने कुरा सह्य नहुने बताउनुभयो । उहाँले जिडिपिमा उद्योगको योगदान घटेको भन्दै […]

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । उनले गत वर्ष करिब ६ हजार बराबरको बिरुवा बिक्री गरेका थिए । यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ । ठकुरीले विगत तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहनुभएको  छ । […]

धुलिखेल–खावा सडक विस्तारका लागि पुनः ठेक्का खुल्यो

धुलिखेल–खावा सडक खण्ड विस्तारका लागि पुनः ठेक्का खुलाएको छ । भक्तपुर सडक डिभिजन कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त सडक विस्तारका लागि ठेक्का आह्वान गरेको हाे । इच्छुक निर्माण कम्पनीले ठेक्का आह्वान भएको ३० दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ  । यसअघि यो सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा ठेक्का रद्द गरिएको थियो । २०७९ […]

अवैध सुवाल कलेजका सञ्चालकविरुद्ध ३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

दर्ता बिना सञ्चालन गरिएको सुवाल इन्टरनेशनल कलेजका सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागको पत्रअनुसार जिल्ला प्रहरी परिसर भक्तपुरले यो कलेजका सञ्चालक प्रकाश सुवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाएको थियो । परिसरको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो । सम्पत्ति […]

पोखरामा सुनचाँदी व्यवसायीहरूको आन्दोलन, साउन ४ गतेसम्म पसल बन्द

पोखरा, साउन १ — सरकारले सुनचाँदीमा लगाएको विलासीता कर र मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा पोखरामा सुनचाँदी व्यवसायीहरूले पुनः आन्दोलन सुरु गरेका छन्। कास्की जिल्लाका व्यवसायीहरू आन्दोलित हुँदै साउन ४ गतेसम्म सुनचाँदी पसलहरू बन्द गर्ने निर्णयमा पुगेका हुन्। आन्दोलनको निर्णय पोखरामा भएको संयुक्त व्यवसायीहरूको भेलाबाट गरिएको हो। सुनचाँदी व्यवसायी संघ कास्कीका प्रवक्ता राजकुमार घिमिरेका […]

आजदेखि सुनमा दुई प्रतिशत विलासिता कर

बिहीबारदेखि सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर तिर्नुपर्ने भएको छ । चालू आर्थिक वर्ष ०८२/८३ को बजेटले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीरा–पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ । बिहीबारदेखि नयाँ बजेट कार्यान्वयनमा आएसँगै सुनको कारोबारमा विलासिता कर लाग्ने भएको हो । तर, व्यवसायीहरूले भने यो व्यवस्थाको अवज्ञा गर्ने सार्वजनिक घोषणा […]

आजको मौसम कस्तो रहला ? यस्तो छ पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई […]

आज लुतो फाल्ने दिन : साउने संक्रान्ति मनाइँदै

आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन […]

हिमालयन बैंकको एफपीओमा आजदेखि आवेदन दिन पाइने

हिमालयन बैंकको थप सर्वाजनिक निष्कासन  एफपीओ खुला भएको छ । प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता खुला गरिएको एफपीओमा बुधबारबाट आवेदन दिन सकिने भएको हो । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई […]

फेवातालमा १०५५ सीमा पोल गाडिए: मेयर आचार्यको अभियान सफल, संरक्षणमा ऐतिहासिक फड्को!

सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने कार्य सम्पन्न भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम सम्पन्न भएको हो । ताल घरको सिमानामा १०५५ डिजिटल पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिनुभयो । […]