यी भूभागमा वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका केही स्थान, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको […]
केन्यामा विमान दुर्घटना: १२ जनाको मृत्यु

एजेन्सी। केन्याको तटीय काउन्टी क्वालेमा मंगलबार विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सीसीए विमान दुर्घटना ग्रस्त भएको पुष्टि गरेको हाे। विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण र यसको प्रभाव पत्ता […]
भारतमा विलय भएको ५० वर्षपछि सिक्किममा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल र भारत भिड्दै

भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ। त्यसका लागि नेपाली महिला टोली भारतीय टोलीसँग भिड्न आज सिक्किम पुग्दैछ। सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक गएको हो। यो खेल बिहीबार हुने भनिए पनि बुधबारका लागि सारिएको छ। जसका करण नेपाली हतार-हतार गान्तोक गएका हुन्। सोमबार […]
कुटपिटबाट महिलाको मृत्यु, चारजना प्रहरी नियन्त्रणमा

सिराहाको लहान नगरपालिका– ५, खुट्टीपारी पर्तीटोलमा पसलको सामान चोरेको विषयमा गुनासो गर्दा भएको कुटपिटमा एक महिलाको मृत्यु भएको छ। स्थानीय मो. सदिक मियाँकी श्रीमती करिब ५० वर्षीया नुरजहाँ खातुनको कुटपिटबाट ज्यान गएको हो। कुटपिटबाट गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका […]
राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन् । देशका सामु अहिले देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै अध्यक्ष […]
हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ […]
हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको चेतावनी, पोखराका मेयर आचार्यद्वारा पर्यटकलाई सतर्क रहन आग्रह

पोखरा। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रहरूमा आगामी केही दिन भारी वर्षा र हिमपातको उच्च सम्भावना रहेकाले पर्यटक र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गर्दा गण्डकी, बागमती र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली […]
यी स्थानमा आज भारी हिमपात र वर्षाको सम्भावना

हाल देशको मौसमी प्रणालीमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार देशभर साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक–दुई स्थानमा हल्का […]
निर्वाचन घोषणापछि दुई दल आयोगमा सूचीकृत, ६ वटा प्रक्रियामा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको २१ दिनमा जम्मा दुई दल अध्यावधिक भएका छन् । जेनजी विद्रोहको बलमा बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जननिर्वाचित संसद् भदौ २७ गते विघटन गरी निर्वाचन घोषणा गरेको थियो । आयोगको वेबसाइटमा अध्यावधिक गरेको दल दर्ताको सूचीमा असोज २४ गते […]
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज (मंगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई व्रतालुले अर्घ्य दिएपछि छठ सम्पन्न भएको […]