पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी-२० क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ टिम सहभागी हुँदैछन् ।
प्रतियोगिताको खेल तालिका सार्वजानिक भएसँगै पहिलो खेल पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लब बीच हुने छ । दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौँ र हेटौँडा एसए बीच हुनेछ ।
खेल तालिका अनुसार समूह ‘ए’ मा सिइसी काठमाडौं, हेटौडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब छन् ।
समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन छन् ।
समूह ‘सी’ मा लुम्बनी खुकुरी क्रिकेट क्लब, मधेश प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएशन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ दि सिरिजले १० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही १० हजार रुपैयाँ र म्यान अफ दि म्याचले पाँच हजार रुपैयाँ नगद पुरस्कारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।