नगर युवा परिषद्को आयोजनामा वडा १४ मा युवा समिति गठन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा — पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा सोमबार वडा नम्बर १४ मा नगरिय वडा युवा परिषद वडा समिति गठन गरिएको छ। कार्यक्रमको प्रमुख आतिथ्य नगर युवा परिषदका अध्यक्ष श्री बोध बहादुर कार्की रहनु भएको थियो भने उपाध्यक्ष सन्तोष न्यौपाने, वडा सदस्य गोपाल प्रसाद सापकोटा, कृष्णहरि काफ्ले, दिलमाया गुरुङ, वडा सचिव नुमानाथ उपाध्यायलगायत अन्य विशिष्ट अतिथिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा युवा परिषद कार्यकारी सदस्यहरू बिष्णु माया सुबेदी, कृतन वाग्ले, मिलन पौडेल, सरस्वती पुरी, खेलकुद विकास समितिका अध्यक्ष शंकर जीसी, समाजसेवी सैलेश बानिया तथा पत्रकारहरू रामजी जीसी, सन्दिप पौडेल, महेश भण्डारी, अजय केसी, राजाराम पौडेलको सहभागिता उल्लेखनीय रह्यो। साथै शीतल नगर टोल सुधार समितिका प्रतिनिधि शोभा गिरिसहित विभिन्न युवा क्लबका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

तपशिल बमोजिम वडा युवा परिषद वडा समिति गठन गरिएको छ:

अध्यक्ष: सागर पौडेल

उपाध्यक्ष: सुदिक्ष्या बानिया

सचिव: रन्जु जीसी

सह-सचिव: कृति गिरि

कोषाध्यक्ष: प्रशान्त अधिकारी

सदस्यहरू: सुजन श्रेष्ठ, जीवन पतानी, अनिल गुरुङ, विवेक अधिकारी, सबिन गुरुङ, मिलन परियार, त्रिदेव आले मगर, अम्बिका कार्की र टूकमान गुरुङ

उक्त कार्यक्रम दिउँसो १ बजेदेखि ४ बजेसम्म माछापुच्छ्रे सभा हल, वडा नम्बर १४ मा सम्पन्न भएको थियो। कार्यक्रममा ३१ जना सक्रिय युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।