पोखरा — ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुको स्वादिष्ट परिकार खाऔं : आलु एक परिकार अनेक’ भन्ने नारासहित १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८१ पोखराको हेमजामा हुने भएको छ।
विष्णुपादुका खेल मैदान, हेमजामा आयोजना हुने यस महोत्सव २०८१ साल चैत २४ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुनेछ। भोलिदेखि सुरु हुने महोत्सव कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको हो।
महोत्सवको मुख्य आकर्षणमा कृषि तथा भौतिक प्रदर्शनी, आलुको विभिन्न परिकार, रमाइला सांस्कृतिक कार्यक्रम, र्याली, माटो बोटविरुवाको परिक्षण तथा प्रदर्शन, लाइभ कन्सर्ट, लोकदोहोरी, नृत्य, खेलकुद प्रतियोगिता, र अन्य मनोरञ्जनात्मक गतिविधिहरू रहने आयोजकले जनाएका छन्।
विष्णु पादुका क्लबको आयोजनामा हुन लागेको उक्त महोत्सवले हेमजाको आलु तथा स्थानीय उत्पादनको प्रचार–प्रसारमा टेवा पुग्ने विश्वास लिइएको छ।