पोखरा, चैत ३० – वडा युवा परिषद् वडा नं. २२ द्वारा पोखरा महानगरपालिका नगर युवा परिषद् र वडा कार्यालय नं. २२ को समन्वयमा आयोजित विशेष कार्यक्रम नयाँ वर्ष २०८२ को अवसर पारेर भव्य र सफल रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्री हिमलाल बरालज्यू तथा विशेष अतिथिका रूपमा पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका कार्यकारी प्रमुख श्री नवराज अधिकारी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष श्री सन्तोष न्यौपाने, वडा सदस्य श्री सन्जिब गुरुङ, वडा सचिव श्री विष्णुप्रसाद ढकाल र सूचना अधिकृत श्री रामप्रसाद बरालज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना आदानप्रदान, युवाहरूको सम्मान, सामुदायिक विकास, आपसी सम्बन्ध सुदृढीकरण तथा समसामयिक विषयमा अन्तरक्रिया र छलफल आयोजना गरिएको थियो। सहभागी युवाहरूमा सकारात्मक ऊर्जा र उत्साह फैलिएको जनाइएको छ।
सम्मानित युवा कृषकहरू:
उमाकान्त बराल – मोहन स्वारा कृषि फर्म
रणबहादुर खड्का – ठुलढुङ्गा आधुनिक कृषि फर्म
राजेश पौडेल – माझकटेर पशुपक्षी तथा कृषि फर्म
किरण पौडेल – कुशल मुना पशुपालन तथा कृषि फर्म
मिलन गुरुङ – मैरी पालन
कार्यक्रममा वडा नं. २२ मा सक्रिय रूपमा क्रियाशील क्लबहरू — प्रगतिशील क्लब ढाबा, पोखरा भ्यू प्वाइन्ट र पुम्दीकोट युवा क्लबलाई समेत सम्मान गरिएको छ।
सक्रिय सहभागिता र भविष्यप्रतिको प्रतिबद्धता
कार्यक्रमलाई सभ्य र प्रेरणादायी बनाउन वडा युवा परिषद्, नगर युवा परिषद्, टोल विकास संस्था, आमा समूह र युवा क्लबहरूको सक्रिय भूमिका उल्लेखनीय रह्यो। परिषद्ले आगामी दिनहरूमा पनि मेहनती र प्रतिभाशाली युवा कृषक तथा उद्यमशील युवाहरूलाई पहिचान गरी थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। रिपोर्ट: वडा युवा परिषद्, वडा नं. २२