नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) गण्डकीको, प्रदेश भेला पोखरामा हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, – नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) गण्डकी प्रदेशको भेला यही वैशाख २ गते पोखरामा हुने भएको छ। उक्त भेलाको तयारीका लागि वैशाख २ गते पोखरास्थित सृजनाचोक पार्टी कार्यालयमा महत्वपूर्ण तयारी बैठक सम्पन्न भएको छ।

बैठकमा महासंघका केन्द्रिय सचिव तथा गण्डकी संयोजक डि.वि. राई, पार्टी केन्द्रीय समिति सदस्य, पूर्व मन्त्री तथा सभासद तुल बहादुर गुरुङ, पार्टी कास्की अध्यक्ष खड्ग हमाल, उपाध्यक्ष पुर्ण लामा, महासंघ कास्की अध्यक्ष महेन्द्र गुरुङलगायत नेताहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा गण्डकी प्रदेशस्तरीय भेलाको तयारी, जिल्लागत प्रतिनिधित्व सुनिश्चित गर्ने, समावेशी सहभागिता विस्तार गर्ने लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। महासंघमा आवद्ध गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट महाधिवेशन आयोजक कमिटीका अनिवार्य प्रतिनिधि सहित महिला तथा पुरुष सहभागीहरूको सशक्त उपस्थिति गराउने निर्णय गरिएको छ।

डि.वि. राईले गण्डकी प्रदेशस्तरीय भेलालाई सफल पार्न सबै जिल्लास्तरका संरचनालाई सक्रिय भूमिका खेल्न अनुरोध गर्दै, यो भेला महासंघको संगठनात्मक विस्तार र आगामी रणनीति निर्माणमा कोशेढुंगा सावित हुने बताए।